आन्तरिक पर्यटन विस्तारका लागि नयाँ बर्षमा छुट योजना

बागलुङ , १५ पुस । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकहरुलाई लक्षित गरी
बागलुङका होटल ब्यवसायीहरुले विभिन्न छुट कार्यक्रममा ल्याएका छन् । जसअनुशार उनिहरुले बागलुङमा आउने पर्यटकहरुका लागि सय रुपियाँ मै होटल कोठा उपलब्ध गराउने भएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन ।
योजनाअनुशार सदरमुकामका १० होटलले सोवार नयाँ बर्ष मानाउन आउने पर्यटकहरुलाई रु १०० मा १०० कोठा उपलब्ध गराउने भएका छन् । समितिको अनुरोधमा सहुलियतमा कोठा दिन व्यवसायी तयार भएका हुन् । खाना, नास्तामा भने चल्तीकै दर कायम गरिएको छ ।
नयाँ वर्ष मनाउन बाहिर जाने पर्यटकलाई जिल्लामै राख्ने उद्देश्यका साथ नयाँ योजना ल्याइएको होटल ब्वायसायीहरुले बताए ।