Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, १५ पुस । गत साता निकै सकारात्मक देखिएको सेयर बजामार यो साताको पहिलो कारोबार दिन (आईतबार) नै दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसुचक १०.६२ अंकले घटेर १२०४.५४ विन्दुमा झरेको छ ।

आईतबार कारोबार भएका कुल १ सय ६८ कम्पनीको १२,३६,३४३ कित्ता सेयर खरिद बिक्री हुँदा ४५ करोड ४२ लाख ८४ हजार रुपैयाँ भन्दा बढीकोे कारोबार भएको छ । जसमा सबै भन्दा बढी नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी सेयर किनबेच भएको छ। कम्पनीको ३ करोड ८४ लाख ५५ हजार ६ सय ८४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । यसैगरि माल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । जसको सेयर मुल्य ९.४३ प्रतिशतले बढेको छ भने काबेली विकास बैंकका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । बैकको सेयर मुल्य ९.४४५८८ प्रतिशतले घटेको छ ।

यसैगरि आईतबार नेप्सेमा सुचिकृत ११ वटा कम्पनीहरु मध्ये ३ वटा समुह देखी बाहेक सबै समुहको परिसुचक घटेको छ । समुह बढाउनेमा होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समुह रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x