एनआईसी एशिया बैंक र सानिमा लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १५ पुस । एनआईसी एशिया बैंकले सानिमा लाईफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २ सय ७० वटै शाखाहरुबाट सानिमा लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।
सो सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।
बैंकले मुलुक भरका २ सय ७० शाखा कार्यालयहरु, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।