कामना सेवा विकास बैंकको ६२ औं शाखा कलंकीमा
काठमाडौं, १७ पुस । कामना सेवा विकास बैंक लिमिटेडले सेवाविस्तारको क्रममा काठमाडौं महानगरपालिकाको कलंकीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । यो बैंकको ६२ औं शाखा कार्यालय हो ।
बैंकका अध्यक्ष सुदिप आचार्य, संचालकद्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा कामु प्रमुख कार्यकारी अधिकृत बस्नेताले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका सहित अन्यव्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जालविस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवाउपलब्ध गराउने बताए ।