Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रधानन्यायाधीशमा जबरा निर्विकल्प, औपचारिकता संसदीय सुनुवाइ

प्रधानन्यायाधीशमा जबरा निर्विकल्प, औपचारिकता संसदीय सुनुवाइ

काठमाडौं,१७ पुस ।  प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा निर्विकल्प विकल्प जस्तै बनेका छन् । प्रधानन्यायाधीश हुनका लागि उनि बाहेक सर्वोच्चका अन्य न्यायाधीको योग्यता पुग्दैन। सर्वोच्चमा हाल रहेका न्यायाधीशमध्ये तीन वर्ष काम गरेका न्यायाधीश मात्रै प्रधानन्यायाधीशका लागि योग्य हुन्छ। सर्वोच्च अदालतमा त्यसरी तीन वर्ष काम गरेका न्यायाधीशमा जबरा र जोशी मात्रै हुन्। जहाँ जोशी यसअघी नै संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भइसकेकाले प्रधानन्यायाधीशमा जबरा निर्विकल्प विकल्प हुन्। जवराका समन्धमा जारी सुनुवाइ केवल औपचारिकता मात्र जस्तो बनेको छ । आज नै प्रधानन्यायाधीश ओमप्रकाश मिश्र ६५ वर्षे उमेरहदका कारण सर्वोच्च अदालतबाट अनिवार्य अवकाश लिदै छन्। त्यसैले, सर्वोच्चको नेतृत्वमा निर्विकल्प विकल्प बनेका जबराले आजै राष्ट्रपतिबाट शपथ ग्रहण गरेर सर्वोच्चको नेतृत्व सम्हाल्ने तयारी गरिएको छ ।  तर, विगतका फैसलामा दर्जनौँ खोट देखाउँदै सांसदहरूले तेर्स्याए उनलाइ प्रभाव पर्ने देखिएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x