Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

केहि दिन स्थिर रहेको डलरको भाउ घट्यो

केहि दिन  स्थिर रहेको डलरको भाउ घट्यो

काठमाडौं, १७ पुस । अमेरिकी डलरलगायत अरु विदेशी मुद्राको भाउ घटेको छ । सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार घटेको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ३४ पैसा र बिक्रीदर १११ रुपैयाँ ९४ पैसा तोकेको छ । आइतबार र सोमबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा थियो ।

राष्ट्र बैंक अनुशार मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपौँ ८४ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७४ पैसा तोकिएको छ । सोमबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा नै तोकिएको छ ।

मंगलबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा तोकेको छ । आइतबार र सोमबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो ।

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९४ पैसा र बिक्रीदर २७ रुपैयाँ ०९ पैसा तोकिएको छ । मलेसियन रिंगिटको भने भाउ केही पैसाले बढेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x