पाँच पटक बढी मापासे कारवाहीमा परेका लाइसन खारेज
काठमाडौं,१७ पुस । पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा खारेज गरेको बताएको छ । पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक आठ हजार ८४०, चौथो पटक तीन हजार १२३ र पाँचौ पटक एक हजार १३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो । खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने छ ।