Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्र बैंकले भन्यो– ‘संस्थापक सेयर ५१ प्रतिशत मात्र राख्नु’


काठमाडौं,२० पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका संस्थापकतर्फको सेयर ५१ प्रतिशतमा राखेर बाँकी सेयरलाई साधारण सेयरमा परिणत गर्न आग्रह गरेको छ । संस्थापक सेयर बिक्री गर्न नचाहानेलाई यो निर्देशनले कुनै दबाब दिनेछैन ।

बैंक तथा वित्तिय संस्था ऐनको प्रावधानसँग अनुकुल हुनेगरी नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई परिपत्र जारी गरेको हो । बैंक तथा वित्तिय संस्था सञ्चालनमा आएको पाँच वर्षपछि संस्थापक सेयर संस्थापक समूहभित्र कारोबार हुनसक्ने व्यवस्था भएपनि ५१ प्रतिशतमाथिको संस्थापक सेयरलाई सर्वसाधरण सेयरमा परिणत गर्न उक्त बैंक वा वित्तिय संस्था सञ्चालनमा आएको दश वर्ष हुनुपर्नेछ ।

सर्वसाधरणमा परिवर्तन गरिसकेको सेयरलाई फेरी संस्थापक सेयरमा परिणत गर्न पाइँदैन । संस्थापकहरुको सेयर सर्वसाधरणमा परिणत गर्दा सेयर लगानीको अनुपातका आधारमा समानुपातिक रुपमा परिवर्तन गर्न पाइने व्यवस्था गरिने केन्द्रीय बैंकद्वारा जारी परिपत्रमा उल्लेख छ ।
सर्वसाधरण सेयर वृद्धिसँगै पुँजी बजारमा पर्न सक्ने प्रभावलाई समेत मध्यनजर गर्दै राष्ट्र बैंकले ५१ प्रतिशत माथिको संस्थापक सेयर एक पटककमा १० प्रतिशत बिन्दूले गर्न सकिने व्यवस्था मिलाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x