Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीका सिइओ नेपाल आउदै

मेलम्ची खानेपानी आयोजनाको  ठेकेदार कम्पनीका सिइओ नेपाल आउदै

काठमाडौं,२३ पुस । ठेकेदारले साइट छोडेपछि अलपत्र अवस्थामा  रहेको राष्ट्रिय गौरवको आयोजनाको रुपमा वहुचर्चित मेलम्ची खानेपानी आयोजनाकोमुख्य ठेकेदार कम्पनीका प्रमुख कार्यकारी अधिकृत पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ ।

आयोजनाको मुख्य ठेकेदार कम्पनीको अपरेटिभ मुरातोरी ई  सेमेन्तेस्टी (सिएमसी दि रेभन्ना) को उक्त टोली आएपछि मेलम्चिमा देखिएको समस्याको संसमाधानका लागि निर्णायक वार्ता गर्न नेपाल आउन लागेको हो ।

ठेकेदारले साइट छोडेपछि मेलम्चीको काम २२ दिन देखि ठप्प भइ अलपत्र अवस्थामा पुगेको छ । मेलम्ची सुरुङ ढलान १ किलोमिटर बाँकी छ । सरकार र ठेकेदारबीच लामो  समयदेखि क्षतिपुर्ती विवाद चल्दै आएको छ । ठेकेदार कम्पनी सीएमसीले भुकम्प, काबन्दीलगायतका बेला काम हुन नसकेको भन्दै आयोजनासँग ठुलो रकम क्षतिपुर्ति माग्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x