Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

न्यायाधीश दीपकराज जोशीलाई वरिष्ठताबाट हटाउने कार्यप्रति बारको विरोध

न्यायाधीश दीपकराज जोशीलाई वरिष्ठताबाट हटाउने कार्यप्रति बारको विरोध

 काठमाडौं, २३ पुस ।  नेपाल बार एशोसिएशनले बरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई वरिष्ठताबाट हटाउने नवनियुक्त प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको निर्णयको विरोध गरेको छ ।

एक विज्ञाप्ति जारी गर्दै बारले न्यायपरिषद् सदस्यबाट अलग्याउने र संवैधानिक परिषद्बाट हटाउने कार्य गरेको भन्दै यस कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बारका महासचिव खम्बबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वतमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले तोकिँदै आएको इजलाससमेत नतोकिने कार्य गैरसंवैधानिक, गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको उल्लेख छ ।

बारले प्रधानन्यायाधीश राणाले गरेका गैरकानूनी निर्णय तत्काल फिर्ता लिई स्वतन्त्र न्यायपालिकाको रक्षा, मानवअधिकारको सम्मान, विधिको शासन र न्यायको अनभूति दिलाउने माग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x