Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हेयर एण्ड शान्ति सलोनको शाखा जावलाखेल र ठमेलमा

हेयर एण्ड शान्ति सलोनको शाखा जावलाखेल र ठमेलमा

काठमाडौं, २६ पुस । दुई बर्ष अघि देखि काठमाडौंको कमलादीवाट सुरु भएको हेयर एण्ड शान्ति सलोनले काठमाडौंको ठमेल र ललितपुरको जावलाखेलमा शाखा बिस्तार गरेको छ । हरेक शाखामा एक करोड भन्दा बढी लगानी रहेको हेयर स्टाइलीस एवं संचालिका अनुजा श्रेष्ठले बताइन् ।


सेवा प्रदान गर्ने मात्र नभई दक्ष र शिपमुलक व्यवसाय विकास गर्ने उद्धेश्य अनुसार सलोन स्थापना गरिएको हुँदा व्यवसायीक सीप मुलक तालिम पनि संचालन गरिएको उनले बताइन । एक पटकमा २५ जनासम्मलाई सेवा प्रदान गर्न सक्ने अत्याधुनिक प्रविधि सहितको उपकरणहरु सलोनमा जडान गरिएको छ ।

यहाँ हेयर कट (लेडिज र जेन्स्), हेयर कलर, फेसियल, सेभिङ, मेनी क्यूर, पेडिक्यूर, वाकसिन, नेलआर्ट र केराटिन जस्ता सेवा सलोनले उपलब्ध गराउने संचालक श्रेष्ठले बताइन् । भारतलाई आधार बनाएर खोलिएको सलोन भारतको नयाँ दिल्ली, जम्मु कास्मिर, नोएडा, गुरगाँउ, लगायत १२ शहरमा केन्द्रीत रहेको छ । यसको फ्रेनचाइजको रूपमा विगत २ वर्षदेखि नेपालमा समेत सलोनले सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x