निगमले हवाई इन्धनको मुल्य घटायो
काठमाडौं,२६ पुस । नेपाल आयल निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धनको मुल्य घटाएको छ । निगमले आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको हवाई इन्धनको मूल्य घटाएको हो ।
साविकको बिक्री मूल्य १०४ रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम भएको छ ।
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा समायोजन हुने अपेक्षा गरिएको छ । पटक पटक मटितेल पेट्रोल र डिजेलको मुल्य समायोजन गरिएपनि लामो समय सम्म हवाइ इन्धनको मुल्य समायोजन भएको थिएन ।