Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

पुनर्निर्माणको काम दुई वर्षभित्र सक्छौं : ज्ञवाली

पुनर्निर्माणको काम दुई वर्षभित्र सक्छौं : ज्ञवाली

काठमाडौं, २७ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी २ वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । संघीय संसद्को राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा पुनर्निर्माणको प्रगति र आगामी कार्ययोजना प्रस्तुत गर्दै उनले प्राधिकरणको समय २ वर्ष बाँकी भित्र पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने बताए ।

प्राधिकरण स्थापना भएको ३ वर्षमा निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवास पुनर्निर्माणमा ७७ प्रतिशत, विद्यालय भवन पुनर्निर्माणमा ८० प्रतिशत, सरकारी भवन पुनर्निर्माणमा ९५ प्रतिशत, पुरातात्त्विक सम्पदा पुनर्निर्माणमा ६८ प्रतिशत, सुरक्षा निकाय पुनर्निर्माणमा ५४ प्रतिशत काम भएको उनले जानकारी दिए । अनुदान सम्झौता गरेकामध्ये ९९ प्रतिशत भूकम्प पीडित लाभग्राहीले पहिलो किस्ता लिइसकेको भन्दै ज्ञवालीले किस्ता लिएका सबैलाई घर पुनर्निर्माण गर्न आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *