Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सीईओ अनप्लग् २०१९ को चौथो संस्करण सम्पन्न

सीईओ अनप्लग् २०१९ को चौथो संस्करण सम्पन्न

काठमाडौं, २७ पुस । सीईओ अनप्लग् २०१९ को चौथो संस्करण सम्पन्न भएको छ । देशको सबैभन्दा प्रभावशाली सीईओहरुद्वारा मानसिकता विकासलाई प्रेरित गर्न ग्लोकल र किंग्स कलेजले उक्त कार्यक्रम आयोजना गरेका थिए ।

‘टुडे मिट्स टुमरोे’ को मुख्य विषयमा रही आयोजना गरिएको कार्यक्रममा देशको १५ प्रतिष्ठित उद्यमी उपस्थित भएका थिए । यस वर्ष १ सयभन्दा बढी इच्छुक सहभागीहरुले यस कार्यक्रममा सिक्न, नेटवर्क कायम गर्न र देशका प्रमुख उद्यमीहरुको साथ आफ्नो विचार साटासाट गर्न सहभागी भएका थिए ।

कार्यक्रममा तीन अलग–अलग प्यानलमा विभिन्न क्षेत्रका प्यनलिस्टहरुले आर्थिक उपार्जन, व्यवसाय विकास र विस्तार तथा त्यसका सम्भावनाका क्षेत्रहरु, सीप तालिमका साथै युवा सहभागीता र उनीहरुको अर्थतन्त्रमा भुमिकाका साथै यसका सम्बन्धीत सरोकारवाता निकाय र सरकारको भुमिकाको बारे आ आफ्नो विचारहरु राखेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x