Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

माछापुच्छ्रे बैंकले पायो आईएसओ ९००१ः २०१५ प्रमाण

माछापुच्छ्रे बैंकले पायो आईएसओ ९००१ः २०१५ प्रमाण

काठमाडौं, २७ पुस । माछापुच्छ्रे बैंकले अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ ९००१ः २०१५ प्रमाण प्राप्त गरेको छ। बैंकलाई युनाइटेड रजिष्टार अफ सिस्टम्स युकेएसरयुकेले उक्त प्रमाण प्रदान गरेको हो ।

यसले आगामी दिनमा ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ । बैंकको ग्राहक केन्द्रित योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा उक्त गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।

बैंकले हाल ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा मार्फत १ सय ४२ स्थानबाट सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x