बैंकका साहुजीहरूको लगानी पर्यटन र हाइड्रोमा
काठमाडौ, २८ पुस । तपाई हामीलाई विभिन्न उद्योग ब्यवसाय संचालन गर्न ऋण दिने बैंकका संचालक एव साहुजीहरुको लगानी कुन कुन क्षेत्रमा होला ? सवैको चासोको विषय हो । नेपालका बाणिज्य बैंक मध्ये केही सरकारी बाणिज्य बैंक बाहेक अन्य निजि बैंकका संचालकहरुले कुनै न कुनै क्षेत्रमा ब्यवसायीक लगानी गरेका छन् । त्यस मध्ये अधिकाश बैंकका संचालकहरुको लगानी पर्यटन, हाइड्रो र शिक्षा क्षेत्रमा रहेको पाइएको छ कति अन्य ब्यवसाय मा रमाएका पाइयो । हेरौ कुन बैंकका संचालकहरूको लगानी केमा रहेछ ।
बैक अफ काठमाडौं – २०५१ बाट संचालनमा आएको बैक अफ काठमाडौको संचालन समिति अध्यक्ष प्रकाश श्रेष्ठ रहेका छन् । उनिलगायत संचालन समितिमा रहेका सदस्यहरुको लगानी पर्यटन ब्यवसायमा रहेको छ ।श्रेष्ठको चितवन सौराहमा होटल रहेको छ । उनि एक पर्यटन ब्यवसायीको रुपमा चिनिन्छन् ।
गोलोवल आइएमी बैक – पर्साको विरगजमा केन्द्रिय कार्यालय रहने गरी २०६३ स्थापना भएको गोलोवल आइएमी बैंकमा चन्द्र ढकाल संचालक समिति अध्यक्ष रहेका छन् । उनको लगानी पर्यटनमा नै रहेको पाइएको छ । चन्द्रगिरि हिल्स प्रालिमा लगानी गरेका ढकाल उद्योग बाणिज्यमहासंघका उपध्याक्ष समेत रहेका छन् ।
प्रभु बैंक – २०७१ सालमा स्थापना भएको प्रभु बैंकको संचालक समिति अध्यक्ष देवि भट्टचन हुन । भट्टचनको लगानी पनि पर्यटन ब्यवसायमा रहको पाइन्छ । प्रभु हेलिकप्टरका संचालन गरेका भट्टले पर्यटन क्षेत्रमा नै बढी लगानी लगाएका छन् ।
सिदार्थ बैंक – २०५९ मा स्थपना भएको सिदार्थ बैकको संचालक समितिमा मनोज केडिया अध्यक्ष रहेका छन । केडिया ग्रुप सँग सलग्न रहेका उनको स्टिल कम्पनीमा लगानी रहेको छ ।
कुमारी बैक – २०५७ मा स्थपना भएको कुमारी बैकका संचालक समिति अध्यक्ष सन्तोष लामा टेड्रिङ्ग ब्यावसायी एव उद्योगीको रुपमा चिनन्छन् ।
एन आइसि एसिय बैंक – विरटनगर मोरङ्गमा केन्द्रिय कार्यालय रहने गरी २०५५ मा स्थापना एन आइसि एसियमाका संचालक समितिका अध्यक्ष सहित सदस्यहरु विशाल ग्रुप सँग आवद्धता रहेको छ । ट्रेडिङ्न र खाद्यन्न उद्योग सँग सम्वन्धित ब्यवसायमा लगानी रहेको छ ।
हिमालयन बैक २०४९ मा स्थपना भएको हिमालयन बैंकको संचालक समितिमा अध्यक्ष मनोज बहादुर श्रेष्ठ रहेका छन् । उनको ब्यसायको क्षेत्र टेड्रिङ्ग रहेको छ ।
एभरेष्ट बैक – भारतको पंजाब नेशनल बैंकसँग आवद्धतामा रहेको एभरेष्ट बैकको स्थपना २०५१ सालमा भएको हो । संचालक समितिको अध्यक्षम विके श्रेष्ठ रहेका छन् भने उनले भारतमा विभिन्न व्यवसायमा लगनी रहेको छ ।
माछापुच्छे बैक – २०५७ मा स्थापना गरिको माछापुच्छे बैंकको केन्द्रिय कार्यालय पोखरा रहेको छ । संचालक समितिमा रोशन केसी अध्यक्ष रेहका छन् भने उनी पनि पर्यटन ब्यवसायी र उद्योगीको रुपमा चिनन्छन् ।
नेपाल इन्भेष्ट मेन्ट – यस बैंकको संचालक समिति अध्यक्षमा पृथ्वी बहादुर पाण्डे रहेका छन् । काठमाडौको दरवार मार्गमा प्रधान कार्यालय रहेको बैकका संचालक समिति अध्यक्ष सहित संचालक समिति सदस्यहरु पर्यटन ब्यवसायमा आवद्धता रहेको छ । अध्यक्ष पाण्डे पनि पर्यटन ब्यावसायीको रुपमा चिनिन्छन । पर्यटन ब्यवसायसँग सम्वन्धित क्षेत्रमा उनको लगानी रहेको छ ।
सिभिल बैक – २०६७ सालमा स्थापना भएको सिभिल बैंकका संचालक समिति अध्यक्ष इच्छा राज तामाङ रहेकाछन्। शिभिल ग्रुपमासँग आवद्धता रहेका उनको जंग्गा आवास हाउजिङ्ग ब्यवसायमा लगानी रहेको छ ।
.कुमारी बैक – २०५७ सालमा स्थापना भएको कुमारी बैंकको संचालक समिति अध्यक्ष अध्यक्ष सन्तोष लामा रहेका छन् । उनी पनि टेड्रिङ्ग ब्यावसायी उद्यमीको रुपमा चिनिन्छन् ।
सेन्चुरी बैंक – २०६७ सालमा स्थपना भएको सेन्चुरी बैंकको संचालक समिति अध्यक्ष राजेश श्रेष्ठ रहेका छन् भने उनको शिक्षा क्षेत्रमा लगानी रहेको छ । लिटिल एन्जल्स स्कुलमा लागानी गरेका छन् । यसै गरी मेगा बैका अध्यक्ष भोज बहादुर शाह प्राइम बैंका उदय मोहन श्रेष्ठ पनि लागानी शिक्षा क्षेत्रमा रहेको छ ।
जनता र सानिमा बैंकको लगानी हाइड्रोमा – गैर नेपाली आवासीय संघको लगानी रहेको सानिमा बैक र केश रायमाझी अध्यक्ष रहेको जनता बैंकका संचालकको लगानी हाइड्रोमा गरिएको छ । यस्तै रायमाझिको लगानी हाइड्रो मात्र नभइ ट्रेडटावरमा समेत रहेको छ ।
लक्ष्मी र सनाराइजका बैंक साहुजी उद्योग र ब्यापारमा – नेपालको नवौं धनी व्यक्तिको सूचीमा रहेका उद्योगी राजेन्द्र खेतान लक्ष्मी बैंक सचालक समिति अध्यक्ष रहेका छन् । उनको कुल सम्पत्ति ६२ मिलियन डलर रहेको छ । फोब्र्सका अनुसार खेतान परिवारले १ सय वर्षभन्दा अघिदेखि नेपालमा व्यापारको शुरुवात गरेको थियो ।खेतान गु्रपअन्तर्गत १३ वटा भन्दा बढी कम्पनी तथा उद्योगहरू रहेका छन् । यता सनाराइज बैकंका अध्यक्ष मोति दुगर दर्जन भन्दा कम्पनिहरु उदयोग संचालन गरेका छन् । गुरास लाइफ इन्सुरेयन्स गोलोवल र नाशा हाइड्रोमा लागानी गरेका छन् ।