Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राष्ट्र बैंक पनि संघीय संरचना अनुसार कार्यालय विस्तारको तयारीमा

राष्ट्र बैंक पनि संघीय संरचना अनुसार कार्यालय विस्तारको तयारीमा

काठमाडौं, २८ पुस । मुलुक संघीय संचरनामा गएसंगै नेपाल राष्ट्र बैंकले सबै प्रदेशमा आफ्नो संजाल विस्तारको योजना बनाएको छ । राष्ट्र बैंकले केही साता अघि मात्रै प्रादेशीक स्तरमा संचालनमा रहेका बैंक तथा वित्तिय संस्थाहरुलाई संघीय संरचना अनुसार नै संजाल विस्तार गरि सेवा प्रवाह गर्न निर्देशन दिएको थियो ।

सो अनुसार वित्तिय संस्थाहरुको संरचना विस्तार संगै राष्ट्र बैंक आफै पनि सबै प्रदेशमा हुनु पर्ने आवश्यकता बैंकर्सहरुले औल्याएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले संघीय संरचनामा राष्ट्र बैंकको कस्तो भुमिका रहने भन्ने कुरा छलफल भइरहेको बताए । राष्ट्र बैंकको केही शाखा कार्यालयहरुमा समस्या देखिएको बताउदै उनले अब चाडैँ नै प्रादेशिकरुपमा केन्द्रिय बैंकको स्वरुप परिवर्तन गर्ने जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार अहिले राष्ट्र बैंकको नयाँ शाखा स्थापना गर्नु भन्दा पनि शाखा स्थान्तरण गर्ने योजना छ ।

मुलुकमा ७ वटा प्रदेशमा विभाजन भइसकेको छ । जसमध्ये प्रदेश नम्बर २ र ५ को दुई स्थानमा राष्ट्र बैंकको शाखा कार्यालय रहेको छ । प्रदेश नम्बर २ को जनकपुर र वीरगञ्जमा बैंकको शाखा कार्यालय संचालनमा छन् । यस्तै प्रदेश नम्बर ५ को भैरहवा र नेपालगञ्जमा पूूरानो संरचना अनुसारको कार्यालय रहेका छन् । प्रदेश नम्बर १ मा बिराटनगरमा शाखा कार्यालय रहेको छ भने प्रदेश नम्बर ३ मा केन्द्रिय कार्यालय रहेको छ ।

उता कर्णाली प्रदेशमा केन्द्रीय बैंकको उपस्थिति छैन । मुलुक संघीय संरचनामा गएको भन्दै राष्ट्र बैंकले सोहि अनुसार बाणिज्य बैंकहरुलाई सबै स्थानिय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको छ । तर आवश्यकता अनुसारको राष्ट्र बैंकले शाखा कार्यालयहरु विस्तार नगरेको गुनासो बैंकर्सहरुको छ ।

डेभलप्मेन्ट बैंक एसोसिएशनका अध्यक्ष गोविन्द ढकालले राष्ट्र बैंकको शाखा सबैं संघीय संरचनामा हुनै पर्ने बताए । राष्ट्र बैंकको शाखा सबै प्रदेशमा समानरुपले हुँदा नियमनका लागि समेत सहज हुने उनको भनाई छ । मुलुकको हरेक क्षेत्र शासन व्यवस्था नयाँ संरचना र सो को ढाँचा अनुसार विभाजन भएर कार्यान्यवन भएको अवस्थामा वित्तिय निमयक निकाय पनि सोहि अनुसार तहगत रुपमा जान सके वित्तिय क्षेत्रको निरिक्षण र सुपरिवेक्षणमा सहज हुने उनीहरुको विश्वास छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x