Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

कांग्रेस सभापति देउवा भन्छन्, वाइड बडी खरीद प्रकरणमा मेरो संलग्नता छैन

कांग्रेस सभापति देउवा भन्छन्, वाइड बडी खरीद प्रकरणमा मेरो संलग्नता छैन

काठमाडौं,३० पुस । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । वाइडबडीको रकम निकासा उनी सरकारमा रहेको वेला पनि भएको भनि आलोचना भइरहेको वेला पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताएका हुन।

धनगढिमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गर्नुभयो ।“मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” देउवाले प्रश्न गरे ।वाइडबडी प्रकरणमा छानविन गरि अनियमितता गर्नेलाई कारवाहि गर्नुपर्ने देउवाको जोड  थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *