मोवाइल एप्सको माध्यमबाट मोटरसाइकलमा सावारी वोक्ने कारवाहीमा
काठमाडौं,२ माघ । टुटल’ र ‘पठाओ’ मोबाइल एप्लिकेशन र वेबसाइटको आधारमा यात्रुलाई गन्तव्यसम्म पुयाउने काम गरिरहेका मोटरसाइकल चालकहरू कारवाहीमा परेका छन् ।
सरकारले रातो नम्बर प्लेटको सवारीसाधनले व्यावसायिक काम गर्न नपाउने भन्दै उनीहरूमाथि पटकपटक कारबाही गरिसकेको हो ।
ट्राफिक प्रहरी महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको बताएको छ , जसमध्ये तीनओटा मोटरसाइकल पठाओका र एउटा टुटलका रहेको जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारीसाधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारबाही गरिएको जानकारी दिएका छन् ।
एपसचालकहरू भने भाडामा लगाउने भन्दा पनि सोसियल काम गरेको र ब्यवासयीक रुपमा अगाडी बढाउन कम्पनीको रुपमा अगाडी बढाइएको बताएका छन् ।
दुगड ग्रुपले सञ्चालन गरेको ‘टुटल’का फाउन्डर सिइओ शिशिर भट्ट रहेका छन् भने । त्यस्तै ‘पठाओ’ नामक यातायात कम्पनी असिममान सिंह बस्नेतले सञ्चालन गर्दै आएका छन् ।