Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशिया बैंकको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड रुपैयाँ खुदमुनाफा

एनआईसी एशिया बैंकको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड रुपैयाँ खुदमुनाफा

काठमाडौं, २ माघ । एनआईसी एशिया बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब २ अर्ब १४ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । बार्षिक विन्दुगत आधारमा बैंकले १७० प्रतिशत अर्थात १ अर्ब ३५ करोड रुपैयाँ नाफा वृद्धि गरेको हो । दोस्रो त्रैमास सम्ममा बैंकको वित्तिय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेको बै.कले जनाएको छ ।

यस्तै बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म बैंकले खुदमुनाफा तर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत अर्थात ९४ करोड रुपैयाँको वृद्धि सहित १ अर्ब ५१ करोड रुपैयाँ खुदमुनाफा आर्जन गर्न सफल भएको छ । गतवर्षको सोही अवधिमा बैंकको खुद मुनाफा ५७.१८ करोड रुपैयाँ रहेको थियो ।

बंैकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत ७४ अर्ब रुपैयाँको वृद्धि गरी वासालातको आकार रु.२१४ अर्ब पु¥याउन सफल भएको छ । जस अन्तर्गत कर्जा तर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (रु. ४८ अर्ब) को वृद्धि गरी रु. १४९.३ अर्ब र निक्षेप संकलन तर्फ वार्षिक विन्दुगत आधारमा ४६ प्रतिशत (रु. ५५ अर्र्ब) को वृद्धि गरी रु. १७५.७६ अर्ब पु¥याउन सफल भएको छ । उक्त वृद्धि नेपाली बंैकिङ्ग ईतिहासमा कुनै पनि बंैकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो ।

बैंकले हाल सम्म मुलुकभर २७३ शाखाकार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । हाल सम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x