Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बुधबार नेप्सेमा ७.५७ अंकको गिरावट

बुधबार नेप्सेमा ७.५७ अंकको गिरावट


काठमाडौं, २ माघ । २ दिन लगातार सकारात्मक रहेको सेयर बजार बुधबार भने नकारात्मक रहेको छ । बुधबार नेप्से परिसुचक ७.५७ अंकले घटेर ११८७.९७ को बिन्दुमा कारोबार बन्द भएको हो ।
बुधबार कुल १६९ कम्पनीको १७,४४,१८७ कित्ता शेयर खरिदबिक्री हुँदा ५३ करोड ६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा भने नेपाल बैंक लिमिटेडले अग्रता लिएको छ । जसको आज ८ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै बुधबारसर्वाधिक कमाउनेमा अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा ९.६९ प्रतिशतले वृद्धि भउको छ भने सर्वाधिक गुमाउनेमा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७.४९ प्रतिशतले घटेको छ ।

बुधबार नेप्सेमा सुचिकृत ११ वटा समूहहरु मध्ये ३ वटा समूहहरुको परिसुचक बढेको छ भने बाँकी सबै समूह घटेका छन् । परिसुचक बढ्नेमा व्यापार समुह उत्पादन तथा प्रशोधन समुह र जलविद्युत समुह रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x