Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल चेम्बर र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डिया बीच व्यापार सम्झौता

नेपाल चेम्बर र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डिया बीच व्यापार सम्झौता

काठमाडौं, २ माघ । नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच दुई–पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । नयाँ दिल्लीमा भएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाको तर्फबाट काउन्सिलका उप–महानिर्देशक कपिल गुप्ताले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरित समझदारी पत्रमा नेपाल र भारतबिचको ब्यापारलाई दुई–देशको हितमा हुने गरि प्रबर्दन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, ब्यापार, बाणिज्य तथा लगानीसंग सम्बन्धित सुचनाको आदान–प्रदानका बिषय समेटिएका छन् । ‘ट्रेड मिसन’ लाई प्रभावकारी रुपमा अगाडी बढाउन दुइ–पक्षीय व्यापारिक प्रतिनिधी मण्डलको आदान–प्रदान, अन्तराष्ट्रिय सेमिनारको आयोजनाका साथै प्रकाशनका कुराहरु पनि उक्त समझदारी पत्रमा समेटिएको छ ।

चारवटा प्रमुख धाराहरु रहेको सो समझदारी पत्रको पहिलो धारा सहकार्यलाई प्रबर्दन गर्ने कुरा उल्लेख छ । त्यसैगरी दोस्रो धारा सुचनाको आदान–प्रदान, तेस्रो ’ट्रेड मिसन’ र चौथो धारा ब्यापार प्रबर्दनका लागि आयोजना गरिने क्रियाकलापहरुसंग सम्बन्धित रहेका छन् ।

नेपाल चेम्बर अफ कमर्सले अन्तर्रा्ष्ट्रिय ब्यापार र बहु–पक्षिय सम्बन्धलाई बिस्तार गर्ने उद्येश्य अनुरुप हालसम्म बिभिन्न देशका ६६ वटा अन्तर्रा्ष्ट्रिय चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजसंगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x