Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ग्लोबल बैंकको बैंक ग्यारेन्टीमा पूर्ववनमन्त्री पाण्डे रिहा

ग्लोबल बैंकको बैंक ग्यारेन्टीमा पूर्ववनमन्त्री पाण्डे रिहा

काठमाडौं ३ माघ । पूर्ववनमन्त्री तथा कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डेलाई धरौटीमा रिहा  भएका छन् । ग्लोबल बैंकको बैंक ग्यारेन्टी बसेपछि भ्रष्टाचार अभियोग कारवाहीमा परेका पाण्डे धरौटीमा रिहा भएका हुन  ।

दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० भ्रष्टाचार गरेको अभियोगमा आयोगले पाण्डेसँग सोहि रकम बराबर विगोसहित दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले पाण्डेलाई चार करोड रकम धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ गते पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । पाण्डेसहित २१ जनालाई सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो ।

सो कन्स्ट्रक्सनको प्रमुख पाण्डेसहित तत्कालीन आयोजना प्रमुख सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेत, मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धाँमी र प्रकाशबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x