Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

५ महिनामा ६ खर्ब ७ अर्वको बस्तु आयात, निर्यात भने ३७ अर्व मात्र

५ महिनामा ६ खर्ब ७ अर्वको बस्तु आयात, निर्यात भने ३७ अर्व मात्र

काठमाडौं, ३ माघ । चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्व ७ अर्ब रुपैयाँको बस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा बस्तु आयात ३४.२ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.२ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१.७ प्रतिशत, चीनबाट ४७.७ प्रतिशत र अन्य मुलुकबाट ३३.७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्टस, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, अन्य उपकरण तथा पार्टपुर्जा, तरकारी, फलफूल तथा चामल लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जाको आयात घटेको छ ।

त्यस्तै सो अवधीमा वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भई ३७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २०.७ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३०.७ प्रतिशतले कमी आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x