नेपाल र भारतका युवा उद्यमीहरु काठमाडौंमा

काठमाडौं, ५ माघ । नेपाल र भारतका युवा उद्यमीहरु काठमाडौंमा जम्मा भएका छन् । ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनमा सहभागि हुन युवहरू उद्धमीहरू काठमाडौमा भेला भएका हुन । भारतीय राजदूतावास र क्लक बि विजनेश इन्नोभेसनको आयोजनामा आज अर्थमन्त्री खतिवडाले उद्घाटन गर्ने सम्मेलनमा नेपाल र भारतका एक हजारभन्दा बढी युवा उद्यमी तथा विद्यार्थीको सहभागिता रहने बताइएको छ ।
सम्मेलनबाट युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा छलफल हुने भएकाले आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
सम्मेलनका लागि सामाजिक सञ्चालमार्फत विभिन्न विषयमा योजनासहितको आवेदन सङ्कलन गरिएका र त्यसमध्ये उत्कृष्ट २१ योजनालाई छनोट गरिएको छ ।