Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

वित्तिय सचेतनाका लागि राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रभातफेरी

वित्तिय सचेतनाका लागि राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रभातफेरी

काठमाडौं, ५ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । सो प्रभातफेरी कार्यक्रममा बैंक प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत सुशिल श्रेष्ठ, नायब महाप्रवन्धकहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु लगायत बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वित्तीय समावेशीकरणको लागि वित्तीय साक्षरता मुलक ब्यानर, विविध चेतानामुलक प्लेकार्ड सहित उपस्थित र्याली बैंकको केन्द्रीय कार्यालयस्थित सिंहदरबारप्लाजाबाट सुरु भई भद्रकाली, न्युरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुंदै पुनः सिंहदरबारप्लाजामा आई समापन भएको थियो ।

कार्यक्रममा बैंक कर्मचारीहरु समेत गरी सयौंको संख्यामा उपस्थिति रहेको थियो । बैंकले आफ्नो ५४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद तथा विविध कार्यक्रम सहित सफलतापुर्वक मनाईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x