मलेसिया र इन्डोनेसियामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम

काठमाडौं, ५ माघ । अन्नपूर्ण सर्किटसहितका पदमार्गको प्रवर्द्धनको उद्देश्यसाथ ट्रेकिङ एजेन्ट्स एशोसीयशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले शुक्रवारदेखि मलेसिया र इन्डोनेसियाका लागि ११ दिने प्रवर्द्धनात्मक भ्रमण थालेको छ ।
विश्वकै १० उत्कृष्ट पदमार्ग मध्येको अन्नपूर्ण सर्किट लगायतका पदमार्गमा पदयात्राका लागि वर्षेनी ठूलो संख्यामा विदेशी पर्यटक आउने गरेकोले अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक भ्रमण सुरु गरेको हो । टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलका अनुसार २२ सदस्यीय प्रवर्द्धन भ्रमण टोलीले मलेसिया, इण्डोनेसिया लगायतका स्थानमा पुगी नेपालको पदयात्रा, पर्यटनका गतिविधि एवं प्राकृतिक सुन्दरता लगायतका विविध पक्षबारे
जानकार िगराउने छन् ।
अन्नपूर्ण सर्किटमा पछिल्लो समय मलेसिया, इण्डोनेसियाका पर्यटकको आकर्षण बढ्दै गएको उनले बताए ।