Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

बजार घटेको दिन अपर तामाकोशीको २३ करोड बढीको सेयर कारोबार

बजार घटेको दिन अपर तामाकोशीको २३ करोड बढीको सेयर कारोबार

काठमाडौं, ६ माघ । साताको पहिलो कारोबारको दिन आज सेयरमा गिरावट आएको छ । नेप्से परिसुचक ८.६० अंकले घटेर ११७९.१७ विन्दुमा कारोबार बन्द भएको छ ।

सो दिन कुल १ सय ४३ कम्पनीहरुको ११,५३,०७३ कित्ता सेयरहरु खरिद बिक्री हुँदा ३६ करोड ४६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यसमा अपर तामाकोशी होइड्रापावर कम्पनीले २३ करोड ४३ लाख रुपैयाँ भन्दा बढी कारोबार गरि अग्रता लिएको हो ।

यसैगरि आज सर्वाधिक कमाउनेमा नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । संस्थाको सेयर मुल्यमा ६.०९ प्रतिशतको वृद्धि भएको छ । गुमाउनेमा सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्यमा ६.३३ प्रतिशतले घटेको छ ।
नेप्सेमा सुचिकृत ११ वटा कम्पनीहरु मध्ये ३ वटा समुहको परिसुचक मात्र बढेको छ । परिसुचक बढ्नेमा व्यापार समुह २.८७ अंक, होटल समुह ५.५४ अंक र फाईनान्स समुह १.६१ अंकले बढेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x