Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

स्वीट्जरल्याण्डमा के छन प्रधामन्त्रीको कार्यक्रम ?

स्वीट्जरल्याण्डमा के छन प्रधामन्त्रीको कार्यक्रम ?

काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरमको वार्षिक सम्मेलनमा भाग लिन आज स्वीट्जरल्याण्ड  प्रस्थान गर्दै छन् ।

स्वीट्जरल्याण्डको डाबोसमा ८ देखि ११ माघसम्म सञ्चालन हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओलीको नेतृत्वमा राती ९ बजे त्यस त्यस तर्फ प्रस्थान गर्न लागेका हुन । ओलीको भ्रमण दलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत २० जना अधिकरीहरु रहेका छन् ।

के के छन् ओलीको कार्यक्रम ?

करीव १ साताको भ्रमण अवधिमा  ओलीले  सम्मेलनको दुई सत्रमा सम्बोधन गर्नेछन्। ओलीले ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’ र ‘बियोन्ड द जिडिपी’ सेसनलाई संवोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा ओलीले स्वीस र भियतनामका कार्यकारी प्रमुखहरूसँग वार्ता गर्ने कार्यक्रम छ भने आयोजक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस स्केवाभले आयोजना गरेको रात्रिभोजमा ओली सहभागि हुने छन्। ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपति वेली माउरासँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले जनवरी २४ मा जी–२० मुलुकसहितका देशका नेताहरूसँग पनि छलफल गर्दैछन्।

सो अवसरमा उनले विश्व आर्थिक मञ्च र निजी कम्पनीका केही प्रमुखहरूसँग समेत भेटवार्ता गर्नेछन्। औपचारिक सम्वोधन, अनौपचारिक भेटवार्ता, द्विपक्षीय र बहुपक्षीय वार्तामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ।

नेपालले पहिलो पटक यो मञ्चमा भाग लिन लागेको हो। विश्वका धनी राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने मञ्चको ५० वर्षे इतिहासमा नेपालले पहिलोपटक प्रवेश पाएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x