Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

दोस्रो हिमालयन हाइड्रो एक्स्पो, तीन दिनमा ६० हजारले गरे अवलोकन

दोस्रो हिमालयन हाइड्रो एक्स्पो, तीन दिनमा ६० हजारले गरे अवलोकन

काठमाडौं, ७ माघ । राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सकिएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोमा अवलोकनकर्ताको उत्साहजन उपस्थिती देखिएको छ । तीन दिनमा ६० हजार बढीले अवलोकन गरेको एक्स्पोले जलविद्युत क्षेत्रका बारेमा विविध आयाममा टेवा पुर्याउने विश्वास आयोजकको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिलको संयुक्त आयोजनामा जारी एक्स्पोमा शुक्रबार १२ हजारले अवलोकन गरेका थिए । शनिबार २८ हजारले अवलोकन गरेको एक्स्पोको अन्तिम दिन २० हजार बढीले अवलोकन गरेका छन् ।

विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको छ । यसका साथै रोबो कम्पििटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी लगायतमा पनि अवलोकनकर्ताको चासो धेरै देखिएको छ ।

एक्स्पोमा सहभागिहरुलाई हेलिकप्टरबाट विभिन्न जलविद्युत आयोजनाको स्थलगत अवलोकन गराइएको छ । पहिलो संस्करणबाट दोस्रो संस्करणमा आईपुग्दा जलविद्युत क्षेत्रसँग सम्बद्ध व्यक्ति तथा संस्थाको उल्लेख्य सहभागिताले आगामी दिनहरुमा एक्स्पोलाई अझै परिष्कृत रुपमा आयोजना गरिने एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्मिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x