कामना सेवा विकास बैंक लिमिटेड र गुराँसलाईफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता


काठमाडौं, ८ माघ । कामना सेवा विकास बैंक लिमिटेड र गुराँसलाईफ इन्स्योरेन्स बीच बैंकासुरेन्ससेवा आदानप्रदान गर्ने गरी सम्झौता भएको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६२ वटै शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स को जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।


सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत प्रविण वस्नेत र गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराइ हस्ताक्षर गरेका थिए ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल सम्म देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *