बुधबार दोहोरो अंकको वृद्धिसंगै बन्द भयो शेयर बजार

काठमाडौं, २० मंसिर । दुई दिन लगातार घटेको शेयर बजार बुधबार बढेको छ । बुधबार शेयर बजारको परिसुचक नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको छ ।

बुधबार शेयर बजार खुलेको समय देखी नै नेप्से परिसुचक सकारात्मक बन्दै गएको थियो । आज बुधबार शेयर बजार ११.६७ अंकले बढेर १५३६.५४ विन्दुमा पुगेको छ । शेयर बजारमा उतारचढापलाई सामान्य मानिन्छ । यहि उतारचढापको आधारमा शेयर लगानीकर्ताहरुले कमाउने र घुमाउने गर्दछन् । तर नेप्से परिसुचकको उतारचढापको आधारमा मात्रै शेयर लगानीकर्ताहरुले कमायो र घुमायो भनि विश्लेषण गर्दा अपुग हुन आउँछ । केहि शेयर लगानीकर्ताहरुले घट्दो बजारबाट पनि फाइदा लिन सक्छन् भने केहिले बढ्दो बजारमा पनि घुमाइ रहेका हुन्छन् । शेयर कारोबारीहरुले खरिद बिक्रीमा देखाउने इच्छा कै कारण नेप्से परिसुचकमा उतारचढाप आउँछ ।

पछिल्लो दुई दिन घटेको बजारमा आज बुधबार बढ्दा अल्पकालिन लगानीकर्ताहरुको प्रवेश भएको भन्न सकिन्छ । अल्पकालिन लगानीकर्ताहरुले छोटो अवधिका लागि लगानी गर्ने र सोहि अनुरुप नै प्रतिफल सुरक्षित गर्ने गर्दछन् । सोमबार र मंगलबार क्रमशः १०.९ र १.९ अंकले घटेको शेयर बजार बुधबार ११.६७ अंकले बढेको छ । त्यसो त यी तिन दिनमा कारोबार रकमको आकारलाई विश्लेषण गर्ने हो भने शेयर बजारमा किनबेचमा चाप परेको भन्न सकिन्छ । बुधबार शेयर बजारमा ६९ करोड २६ लाख २० हजार ६५० रुपैयाँको कारोबार भएको छ । यो पछिल्लो दुई दिनको तुलनामा बढि हो । यस्तै बुधबार १६६ कम्पनीहरुको १२ लाख ७१ हजार ८८० कित्ता शेयरको किनबेच भएको छ ।

यस साता तिन दिन मात्र शेयर कारोबार भएको छ । आइतबार सार्वजनिक विदा र विहिबार चुनावका कारण शेयर कारोबार बन्द भएको हो । तिन दिनमा दूई शेयर बजार नकारात्मक भए पनि बुधबार शेयर बजारमा वृद्धि देखियो । सोमबार र मंगलबार बजारमा गिरावट आउँदा नेप्से परिसुचक ११.८ अंकले घटेको छ । तर बुधबार मात्रै शेयर बजार ११.८७ अंकले बढेको हो । यसरी हेर्दा बजारको घटबढिलाई सन्तुलन गर्न खोजिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *