एक्सेलको संचालकमा पुरुषोत्तम लम्साल

काठमाडौं, २० मंसिर । एक्सेल डेभलपमेन्ट बैंकको संचालक समितिमा पुरुषोत्तम लम्साल नियुक्त भएका छन् । लम्साल सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालकको रुपमा बैंकको संचालक समितिमा नियुक्त भएका हुन् ।

गत मंसिर १७ गते बैंकको १२औं वार्षिक साधारण सभामा संचालक समितिमा नयाँ सदस्य थप्ने प्रस्ताव पारित भएको थियो । सोहि अनुसार लम्साल सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालकमा निवार्चित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *