Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कामना सेवा विकास बैंकको ६४औं शाखा संचालनमा

कामना सेवा विकास बैंकको ६४औं शाखा संचालनमा


काठमाडौं, १० माघ । कामना सेवा विकास बैंकले मुलुकको सबै क्षेत्रमा बैंकिङ्ग पहुँच विस्तार गर्ने उदेश्यले मोरङ्गमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तारको क्रममा प्रदेश नं १ को मोरङ जिल्ला, उर्लाबारी नगरपालिका वडा नं ७ मा यही माघ १० गते देखि ६४ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।

सो शाखा कार्यलयको उदघाटन बैंकका संचालक बलराम बराल तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा गरेका हुन् । उक्त शाखा प्रदेश नम्बर १ को लागि पहिलोे भएको र बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा २० वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २३ वटा शाखाको निर्माण गर्ने बैंकले जनाएको छ ।

काठमाडौं केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x