Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

समस्याग्रस्त वित्तीय संस्थाबाट मुक्त भयो कुवेर मर्चेन्ट

समस्याग्रस्त वित्तीय संस्थाबाट मुक्त भयो कुवेर मर्चेन्ट

काठमाडौं, २० मंसिर । कुवेर मर्चेन्ट फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थाको सुचिबाट हटाएको छ । फाइनान्सलाई राष्ट्र बैंकबाट समस्याग्रस्त वित्तीय संस्थाको सुचिबाट हटाइएको जानकारी आएको छ । ‘आधिकारिक चिठ्ठी आएको छैन, तर समस्याग्रस्त वित्तीय संस्थाको सुचिबाट हटाइएको भन्ने सुचना पाएका छौं,’ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत गोपाल घिमिरेले बताए ।

कुवेर मर्चेन्टको वित्तीय अवस्था खराव भएपछि राष्ट्र बैंकले निक्षेपकर्ताहरुको निक्षेप सुरक्षणका लागि समस्याग्रस्त घोषणा गरेको थियो । राष्ट्र बैंकले २०६९ साल पौषमा फाइनान्सलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो । फाइनान्सको खराव कर्जामा वृद्धि हुँदै जाँदा तरलतामा समस्या आएको थियो । फाइनान्सको नेटवर्थ र पुँजी पर्याप्तता ऋणात्मक बनेपछि राष्ट्र बैंकले तत्काल समस्याग्रस्त घोषणा गरेको हो ।

अहिले कुवेर मर्चेन्टको वित्तीय अवस्थामा सुधार आएको छ । राष्ट्र बैंकले तोकेको वित्तीय परिसुचकहरु अनुसार नै फाइनान्सले वित्तीय अवस्थाहरुलाई सन्तुलनमा रहेको छ । ‘हाम्रो वित्तीय परिसुचकहरु राष्ट्र बैंकको मापदण्ड अनुरुप सुधार हुँदै गएको छ ,’ प्रमुख कार्यकारी अधिकृत घिमिरेले बताए । ‘खराव कर्जा असुलीमा हाम्रो ध्यान रह्यो र वित्तीय अवस्थालाई सुधार तर्फ नै केन्द्रित भएको कारण समस्याग्रस्त वित्तीय संस्थाबाट फुकुवा पाएको हो,’ उनले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x