Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विश्व आर्थिक मञ्चको बैठकमा भागलिइ प्रधानमन्त्री ओली स्वदेश फिर्ता

विश्व आर्थिक मञ्चको बैठकमा भागलिइ प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं,१२ माघ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भइ स्वेदश फर्किएका छन् । प्रधामन्त्रीको स्वागतका लागि प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना रक्षामन्त्री ईश्वर पोखरेल मन्त्रीहरू उच्च पदस्थ सरकारी अधिकारीहरूले त्रिभुवन विमानस्थल पुगेका थिए । स्वादेश फर्किएपछि त्रिभुवन विमान स्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गर्दै प्रधानम्त्री ओलीले चिकित्सा विधेयक पारित सम्वन्धमा सवै कुरा विधि र पदद्ति अनुशार नै आगाडी बढेको बताए । नेकपा अध्यक्ष पुष्ष कमल दाहालले भेनेजुवाला घटनाक्रममका सम्वन्धमा दिएको अभिब्याक्तिको सम्वन्धमा भने कुनै प्रतिक्रिया दिएनन् । यस्तै प्रधानमन्त्रीका तर्फबाट प्रेस बक्तव्य पढदै परारष्ट्र मन्त्री प्रदिप ज्ञावलीले भ्रमण अन्तराष्ट्रिय समुदायलाइ नेपालले लिएको समावेशी आर्थिक विकासको योजनाका सम्वन्धमा जानकारी दिन भ्रमण सफल रहेको जानाकरी गराए ।

 डाभोसमा रहदा प्रधानमन्त्री ओलीले ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका समेत ज्ञावलीले जानकारी दिए ।

उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सङ्गठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने अभिव्यक्ति जानकारी गराए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x