Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

यो साता सेयर बजारमा १ अर्व ५८ करोड बढीको कारोबार

यो साता सेयर बजारमा १ अर्व ५८ करोड बढीको कारोबार

काठमाडौं, १२ माघ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) पहिलो दिनको तुलनामा अन्तिम दिन ६.३९ अंकले घटेको छ । साताको पहिलो दिन (आइतबार) ११७९.१७ बिन्दुमा रहेको नेप्से अन्तिम दिन (बिहिबार) ११७२.७८ को बिन्दुमा ओर्लिएको छ ।

५ कारोबार दिनमा जम्मा ५४ लाख ३८ हजार ४ सय ११ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५८ करोड ७६ लाख ५३ हजार ८ सय ८८ रुपैया बराबरको कारोबार भएको छ । कारोबारमा ५ दिन मध्ये ४ दिन अपर तामाकोशी हाइड्रोपावर कम्पनीले अग्रता लिएको थियो ।

साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ८.६० अंकले घटेर ११७९.१७ अंकमा बन्द भएको थियो । सो दिन कुल १ सय ४३ कम्पनीको ११,५३,०७३ कित्ता सेयर खरिद बिक्री हुँदा ३६ करोड ४५ लाख रुपैयाँ भन्दा बढीकोे कारोबार भएको थियो । यस्तै दोस्रो दिन सोमबार नेप्से १०.१६ अंकले घटेर ११६८.३९ बिन्दुमा कारोबार बन्द भएको थियो । सो दिन १ सय ६६ कम्पनीको १२,६५,७८६ कित्ता सेयर खरिदबिक्री हुँदा ३६ करोड ७७ रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।
लगातार २ दिन घटेको सेयर बजार मंगलबार भने झिनो अंकले बढेको थियो । सो दिन नेप्से ०.७८ अंकले बढेर ११६८.८३ विन्दुमा कारोबार बन्द भयो । कुल १ सय ५६ कम्पनीको १०,२४,६१५ कित्ता सेयर खरिद बिक्री हुँदा २९ करोड २२ लाख १४ हजार ३४५ रुपैयाँको कारोबार भएको थियो ।

साताको कारोबारमा बुधबार पनि सेयर बजार सकारात्मक नै रहेको थियो । बुधबार नेप्से ४.१५ अंकले बढेर ११७२.१५ को बिन्दुमा बन्द भयो । कुल १ सय ६३ कम्पनीको १०,०२,१०७ कित्ता सेयर खरिदबिक्री हुँदा २४ करोड ७७ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको थियो । यस्तै साताको अन्तिम दिन नेप्से सुचक ०.२० अंकले घटेर ११६२.७७ को बिन्दुमा कारोबार बन्द भएको थियो । विहिबार बजारमा कुल १ सय ६२ कम्पनीको ३१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x