Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

ग्रामिण विकास लघुवित्तको चौथो बार्षिक साधारण सभा सम्पन्न

ग्रामिण विकास लघुवित्तको चौथो बार्षिक साधारण सभा सम्पन्न

बुटवल, १३ माघ । पाँचवटा क्षेत्रिय स्तरका ग्रामिण बिकास बैंकहरु गाभिएर बनेको राष्ट्रिय स्तरको ग्रामिण बिकास लघुबित्त बित्तिय संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । बिशेष साधारण सभाबाट २ बराबर १ हकप्रद शेयर जारी गरि कुल चुक्ता पूँजी १ अर्ब पुराउने लक्ष्य निर्धारण गरेको सो ग्रामिण बिकास बैंकले गत आर्थिक बर्षमा संस्थागत आयकर बापत ११ करोड २३ लाख २७ हजार ७ सय ३७ रुपैयाँ राजस्वमा योगदान पुराएको छ ।

हाल बैंकको अधिकृत पूँजी १ अर्ब र जारी तथा चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाा रहेको छ । बैंकले गत आर्थिक बर्षमा २५ करोड ६ लाख ३५ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा कुल आम्दानी १ अर्ब ७७ करोड भन्दा बढि रहेको सो ग्रामिण बैंकको समिक्षा अवधीमा १ अर्ब ५१ करोड भन्दा बढि कुल खर्च भएको साधारण सभामा प्रस्तुत प्रतिबेदनमा उल्लेख गरिएको छ । प्रतिबेदन अनुसार अघिल्लो आवको तुलनामा १२ दशमलव ६५ प्रतिशतले कुल आम्दानीमा बृद्धि भएको र सोही अवधीमा खर्चतर्फ भने ९ दशमलव ७२ प्रतिशतले मात्र बुद्धि भएको छ ।

कुल ५७ जिल्लाका ३ सय ५८ स्थानिय तहमा लघुबित्त कार्यक्रम बिस्तार गरि सेवा प्रदान गर्दै आईरहेको सो ग्रामिण बिकास बैंकले १ सय ८८ शाखा कार्यालय, ५ वटा क्षत्रिय कार्यालय र केन्द्रिय कार्यालयसमेत गरि कुल १ सय ९४ वटा कार्यालयबाट २१ हजार ४४ सय ९ समुह सदस्य र १३ हजार ६ सय ९ ऋणी सदस्यहरुलाई कर्जा तथा बचतको माध्यमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x