Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

विकास बजेट १९.२५ प्रतिशत खर्च, अर्थ सचिव भन्छन्– ‘भुक्तानी हुन बाँकी रहदा कामै नभए जस्तो देखियो’

विकास बजेट १९.२५ प्रतिशत खर्च, अर्थ सचिव भन्छन्– ‘भुक्तानी हुन बाँकी रहदा  कामै नभए जस्तो देखियो’

काठमाडौं, १३ माघ । चालु आर्थिक वर्षमा पनि विकास खर्चको स्थिती निराशाजनक देखिएको छ । सरकारी निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस १२ गते सम्म कुल बजेटको १९.२५ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ। यो वर्ष विकास निर्माणका लागि तीन खर्ब १३ अर्व रुपैयाँ बजेट छुट्याएको छ ।

अवको ६ महिनाका लागि ८० प्रतिशत विकास बजेट बाँकी छ । यो अवधीमा विकास निर्माणको कामै नभएको भन्दा पनि भुक्तानी हुन बाँकी रहेको कारण खर्चमा कमि देखिएको अर्थ सचिव डा. राजन खनाल बताउछन् । ‘ यो खर्चको अवस्था प्रयाप्त होइन तर हाम्रो खर्च प्रणाली, खर्च गर्ने आयोजन, त्यसको निर्माण प्रक्रियाले गर्दा खर्च पछिपछि सर्दै जाने हुन्छ अर्थको अर्थसँग उनले भने– त्यसले गर्दा वर्षको अन्तमा भुक्तानीको चाप पर्छ तर त्यसैबेला काम भएजस्तो देखिन्छ ।’

वर्षा लागेपछि विकास गरेको होइन भुक्तानी चाहि भएको हो । अव त्यसलाई पनि हामी सुधार छौं । उनले भने ।

सरकारले खर्च सुधारका लागि विभिन्न उपायाहरु अवलम्बन गरेको जनाउदै उनले ६ महिने समिक्षा पछि विकास खर्चले तीब्रता पाउने आशा पनि व्यक्त गरे । विकास सधै चलिरहने प्रक्रिया भएको जनाउदै खनालले ठुला आयोजनाका लागि त्रिवर्षीय खर्च संरचनाको आधारमा तीन वर्षको लागि अहिले नै बजेटको स्रोत सुनिश्चत गरेको पनि जानकारी दिए ।

तर जानकारहरु भने मुलुकमा स्थायी सरकार गठन भएपनि सरकारले विकास निर्माणलाई तीब्रता दिन नसकेको बताउछन् । विकास खर्च बढाउन सरकारी संयन्त्रमै सुधारको खाचो औल्याइएको छ ।

त्यस्तै ६ महिनामा चालु खर्च पनि ८ खर्ब ४५ अर्व मध्ये २ खर्ब ९५ अर्व रुपैयाँ मात्र भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x