Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, १३ माघ । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार नकारात्मक रहेको छ । नेपाल स्टकएक्सचेन्ज (नेप्से) १०.६८ अंकले घटेर ११६२.०९ बिन्दुमा झरेको छ ।

सो दिन कारोबार भएको कुल १ सय ६४ कम्पनीहरुको ११,८५,८७२ कित्ता सेयर खरिद बिक्री हुँदा ३४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीले अग्रता लिएको छ । जसको ३ करोड २४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरि आईतबार समता माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकत्र्ताहरुले सबै भन्दा बढी कमाएका छन् । जसको सेयर मुल्य ३.७८ प्रतिशतले बढेको छ भने छ्याङदी हाइड्रो पावर कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर मुल्यमा ६.५४२०६ प्रतिशतले गिरावट आएको छ । नेप्सेमा सुचिकृत १० वटा कम्पनीहरुमा सबै कम्पनीहरुको परिसुचक ओरालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसुचक ९३.७५ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x