Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

६ महिनामा सन्राईज बैंकको नाफा ७९ करोड २७ लाख

६ महिनामा सन्राईज बैंकको नाफा ७९ करोड २७ लाख

काठमाडौं, १६ माघ । सन्राइज बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ७९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३४.९२ प्रतिशतले बढी हो ।


बैंकको वितरणयोग्य नाफा भने ७२ करोड ६१ लाख ५५ हजार रुपैयाँ रहेको छ । गत वर्ष ५८ करोड ७५ लाख रुपयाँ रहेको थियो ।

सनराइजको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । त्यस्तै गत वर्ष ६३ अर्ब २६ करोड ९२ लाख रुपैयाँ रहेको निक्षेप ६ महिनाको अवधी सम्ममा ७६ अर्ब ६ करोड २६ लाख रुपैयाँ पुर्याएको छ । कर्जा पनि ५६ अर्ब २४ करोड १७ लाख रुपैयाँबाट बढाएर ६७ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ पुर्याएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x