काठमाडौं, पोखरा र सौराहका रेष्टुरेन्ट र बारमा सेवा शुल्क हटाउने निर्णय, मजदुर संगठनले जनाए आपत्ति

काठमाडौं, १६ माघ । व्यवसायीहरुले काठमाडौं, पोखरा र सौराहमा संचालित रेस्टुरेन्ट र बारहरुमा ग्राहकहरुबाट लिदै आएको सेवा शुल्क हटाउने निर्णय गरेका छन् । रेस्टुरेन्ट तथा बार एसोसिएसन अफ नेपाल (रेबान) को भेलाबाट ग्राहकहरुबाट लिदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेपछि मजदुरहरुले त्यसको प्रतिवाद गरेका छन् ।

अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संगठनका उपाध्यक्ष कुमार पन्तले व्यवसायीको उक्त निर्णय आफुहरुलाई अमान्य भएको बताए । ‘यो निर्णय मात्र भएको हो कार्यान्वयनमा आएको छैन, तर यो निर्णय हामीलाई मान्य हुने छैन । अर्थको अर्थसँग उनले भने– यदी कार्यान्वयनमा आए त्यसको कडा ढंगवाट प्रतिवाद गछौं । ’

१० प्रतिशत शूल्कको ७१ प्रतिशत मजदुर, २ संगठन र बाँकी २३ प्रतिशत व्यवसायीले राख्न पाउनुपर्ने व्यवस्था थियो । तर एकमुष्ठ खान पल्किएका व्यवसायीले हतास मनष्थितीमा यो निर्णय गरेको उनको आरोप छ ।

‘कानुनी व्यवस्थालाई व्यवसायीको निर्णयले खारेज हुदैन, उनले भने–यो व्यवसायीहरुको औधोगिक शान्त्ति भड्काउने खेल मात्र हो निर्णय तत्काल फिर्ता लिदा नै राम्रो हुन्छ ।’

रेवानमा आवद्ध तीन जिल्लाका सदस्यहरुले भने सेवा शुल्कवापत कुनै रकम नलिने रेवानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *