Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुन ६ बर्ष यताकै महंगो, तोलाको ६२ हजार ६ सय

सुन ६ बर्ष यताकै महंगो, तोलाको ६२ हजार ६ सय

काठमाडौं, २२ माघ ।  सुन पछिल्लो ६ वर्षयताकै महंगो भएको छ । लगातार ४ दिन सम्म प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार भने प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा पुगेको छ ।  गत साता देखि स्थीर रहेको सुनको मुल्य सोमबार २ सय रुपैयाँ बढ्को हो भने मंगलबार पनि छापावाला सुन १ सय रुपैयाँले बढेको हो  ।  

अमेरीका र चीनको व्यापार युद्धले अमेरिकी डलर कमजोर हुँदै गएकाले अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताउनु भयो । डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर हुँदा पनि सुनको मुल्यमा असर परेको शाक्यको भनाई छ । “एशिया क्षेत्रमा भारतीय मुद्रा कमजोर हुँदै जानु, सेयर बजार कमजोर भइरहेको र बेरोजगारी बढ्दा सुनमा लगानी बढेको हो, शक्ले भने ।

यसअघि २०६० भदौ १२ गते सुनको भाउ ६३ हजार ३ सय रुपैयाँसम्म पुगेकोमा त्यसपछि घटेर ४७ हजार ७ सय मा झरेको थियो । पुस महिनाभरी ५८ देखि ६० हजारको बीचमा रहेको सुनको भाउ माघ लागेसँगै ह्वात्तै बढेको छ ।

यस्तै एक सातादेखि नबढेको चाँदीको मुल्य पनि मंगलबार ५ रुपैयाँले बढेको छ । माघ १५ गते प्रतितोला ७ सय ७० मा किनबेच भएको चाँदी त्यसयता १५ रुपैयाँ बढेर प्रतितोला ७ सय ८५ रुपैयाँ कारोबार भइरहेको थियो भने मंगलबार ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x