Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

महानगरमा स्मार्ट-ट्वाइलेट बनाउन कार्यदलको सिफारिस

महानगरमा स्मार्ट-ट्वाइलेट बनाउन कार्यदलको सिफारिस

काठमाडौं २२ माघ । काठमाडौं महानगरपालिकालाे शौचालय सञ्चालन र व्यवस्थापनका लागि ई-ट्वाइलेट, र स्मार्ट -ट्ववाइलेट संचालनको अवधारण कार्यान्वयमा ल्याइने भएको छ । काठमाडौं महानगरभित्र निर्माण गरिने सार्वजनिक शौचालय  स्मार्ट ब्यवस्थापनमा राख्नुपर्ने सिफारिस महानगरमा भित्र रहेका सार्वजनिक शौचालयको अवस्था र थपआवश्यक्ता सम्वन्धमा ‍सुझाब दिन गठित कार्यदले दिएको हो । हाल महानगरमा जम्मा ५८ वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् । महानगर भित्र २ सय ८४ वटा सार्वजनिक शौचालय रहनु पर्ने सुझाब कार्यदलको रहेको छ । कार्यदलले महानगरभित्र हाल संचालनमा रहेका सार्वजानीक शौचालयहरु अवस्था थप निमार्णका लागि ठाउँ पहिचान गर्ने, निर्माण तथा सञ्चालन ढाँचाको समेत सुझाब दिएको छ ।

काठमाडौंको सहरी आवश्यकता पूरा गर्न भएकालाई स्तर उन्नति गर्ने, केही नयाँ ठाउँमा थप गर्ने शिफारिस गर्दै प्रतिवेदनले, शौचालयलाई सशुल्क चलाउने कि निशुल्क चलाउने ? भन्ने नीतिगत व्यवस्था गर्नुपर्ने खाँचो देखाएको छ । यस्तै अहिले सञ्चालनमा रहेका शौचालयहरु वरिपरिबाट पसलले घेरिएको अवस्थामा छन् । साधारण मान्छेले शौचालय कहाँ छन् छुट्याउनै सक्दैनन् । कतिपय शौचालय पैसा उठाउन मात्र चलेका छन् । त्यहाँ न सरसफाइ छ । न पानीको प्रबन्ध छ । न उझ्यालो छ । यसरी चलेका शौचालयलाई व्यापारभन्दा सेवाका लागि रुपान्तरण गर्नुपर्छ । प्रतिवेदनमा भनिएको छ — पहिलो चरणमा भएकालाई सुधार गर्ने र त्यसपछि क्रमश नयाँ निर्माण तथा आधुनिक शौचालय थप गर्नुपर्छ । यसमा कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, सांस्कृतिक संस्थान, गुठी संस्थान, त्रिभुवन बिश्वविद्यालयजस्ता निकायसँग समन्वय गर्दा १२ वटा शौचालय थप गर्न सकिने देखाइएको छ भने आयल निगमले सञ्चालन गरेको पेट्रोल पम्पमा ७२ वटा शौचालय थप्न सकिने देखाइएको छ । महानगरभित्रका व्यवसायिक भवनहरु (सपिङ् कम्प्लेक्स र मलहरु) मध्ये ६७ वटामा सार्वजनिक शौचालय सञ्चालन गर्न सम्भव छ । उनीहरुसँग छलफल गर्नुपर्छ, प्रतिवेदनले देखाएको अर्को सम्भावना हो । 

कार्यदलले महानगरका ५७ स्थानमा शौचालय राख्न सकिने सम्भावना देखाएको छ । वडाध्यक्षहरुसँगको छलफलपछि यो स्थान बढ्न सक्ने साथै यी स्थानहरुमा शौचालय बनाउँदा आवश्यकतालाई आधार बनाउनु पर्नेछ । यसरी हेर्दा टेकु चोक, सानेपा पुल, कालीमाटी, कलंकी, सीतापाइला, बालाजु, माछा पोखरी, गोङ्गबु प्रहरी चौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी पहिलो चरणमा काम गर्नु पर्ने स्थानका रुपमा शिफारिस भएका छन् । यससँगै गौशाला, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसि, जुद्ध शालिक आसपास, हनुमान ढोका, जमल, लैन चौर सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि पहिलो चरणमा काम गर्नु पर्ने स्थानमा रुपमा शिफारिस छन् । यी बाहेकका स्थानमा दोश्रो चरणमा काम गर्दा चाप व्यवस्थापन हुनेछ ।

महानगरकी उपप्रमुख श्रेष्ठ खड्गीले कामको थालनी भइरहेका शौचालयको अवस्था र व्यवस्थामा सुधार गरेर अघि बढ्ने बताइन् । समितिका सदस्य १५ वटाका अध्यक्ष ईश्वरमान डंगोल र १८ वटाका अध्यक्ष न्हुच्छकाजी महर्जनसँग छलफल गरिसकेको र  शौचालय वरिपरि भएका पसल हटाएर शौचालयलाई टाढैबाट देख्ने बनाउने बिषयमा सबैको एउटै मत रहेको उपप्रमुख श्रेष्ठ खड्गी बताईन । उनी  भन्छिन् — पहिले शौचालय देखिनुप¥यो, त्यसपछिको खाली ठाउँमा बगैचा बनाउनु प¥यो । त्यसका लागि यस अघि भएका सम्झौताका बुँदाहरु अध्ययन गर्छौं ।

प्रतिवेदन बुझाउने क्रममा कार्यदलका संयोजक एवं सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुबकुमार काफ्लेले अहिले चलेका कतिपय शौचालयमा चुकुनल नभएको, साबुनको व्यवस्था नभएको, अपाङ्गमैत्री नभएको, प्रकाशको व्यवस्था नभएको, महिलाहरुलाई स्यानिटरी प्याड फेर्ने तथा फाल्ने ठाउँ नभएको देखिएको उल्लेख गर्दै यी आधारभूत सुविधा नियमन गर्न सके मात्रै पनि तत्काल गर्न सकिने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x