Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अन्तत् सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सीएमसीसँगको सम्झौता तोडेयो

अन्तत् सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सीएमसीसँगको सम्झौता तोडेयो

काठमाडौं,२४ माघ । मेलम्ची खानेपानी आयोजना अलपत्र छाडेर हिडेको इटालियन कम्पनी सिएमसीसँगको ठेक्का रद्द गरिएको छ । आयोजना अलपत्र छाडेर हिडेको कम्पनीलाई ठेक्का रद्ध किन नगर्ने भन्दै त्यसको जवाफ १४ दिन भित्रमा पठाउन माग गरिएपनि कुनै जवाफ नआएपछि सरकार ठेक्का तोड्ने निर्णयमा पुगेको हो ।

बिहिबार बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक शूर्यराज कडेलले जानकारी दिए ।

समितिले आयोजना छाडेर हिडने कम्पनी सिएमसीलाई १४ दिन भित्रमा जवाफ पठाउन माघ ६ गते पत्राचार गरेको थियो। ठेक्का तोडिए पनि आयोजनाको बाँकी काम धरौटी रकम जफत गरेर सरकार आफैले गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x