Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

नेपाल व्यवस्थापन संघको ३८ औं अधिवेशन माघ २९ गते

नेपाल व्यवस्थापन संघको ३८ औं अधिवेशन माघ २९ गते

काठमाडौंं २६ माघ । नेपाल व्यवस्थापन संघको ३८ औं राष्ट्रिय व्यवस्थापन अधिवेशन तथा वार्षिक साधारण सभा हुने भएको छ । काठमाडौंको होटल याक एन्ड यतिमा माघ २९ गते अधिवेशन तथा वार्षिक साधारण सभा हुने भएको हो । अधिवेशनमा महासचिवको प्रतिवेदन प्रस्तुत तथा छलफल, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा छलफल र विधान संशोधन माथि छलफल हुने जनाईएको छ ।


२०३७ सालमा स्थापना भएको संघले स्थापनाकाल देखि नै तालिम, अध्ययनरअनुसन्धान, पूर्वबजेट छलफल, पोष्ट बजेट छलफल, मौद्रिक नीतिम छलफल जस्ता कार्यक्रम गर्दै आएको छ । माघ २९ गते हुने अधिवेशन तीन चरणमा सम्पन्न हुने बताइएको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन भने अधिबेशनको पहिलो चरणमा अर्थमन्त्री युवराज खतिवडाको सहभागितामा म्यानेजिङ इन्फ्रास्टक्चर डेभलपमेन्ट एण्ड इट्स फाइनान्सिङ विषयमा कार्यपत्र प्रस्तुति र छलफल गरिने छ ।

कार्यपत्र आधारभूत विशेषज्ञहरु कमलराज पाण्डे, सरोजकुमार प्रधान र ज्योतिप्रसाद लोहनी लगायतले प्रस्तुत गरि त्यसमा छलफल हुनेछ । यस्तै दोस्रो सत्रमा संघको ३८ औ बार्षिक साधारणसभा हुनेछ भने तेस्रो सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा म्यानेजमेन्ट अवार्ड वितरण हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x