अजोड इन्स्योरेन्सको नाफा १ करोड २३ लाख

काठमाडौं, २७ माघ । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस अवधीमा कम्पनीले ३ करोड ७६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । त्यस्तै हालसम्म ११ लाख रुपैयाँ दाबी भुक्तानी गरेको र जीवन बिमा कोषमा ६१ लाख रुपैयाँ रहेको वित्तिय बिवरणमा उल्लेख छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड छ भने जगेडा कोषमा २ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *