प्राइम कमर्सियल बैंकले १ अर्व ६ करोड नाफा कमायो

काठमाडौं, २७ माघ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधीमा बैंकले ७९ करोड २२ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासमा बैंकको सञ्चालन नाफा १ अर्ब ५१ करोड १९ लाख रुपैयाँ छ । गत वर्षको तुलनामा यो नाफा ३९.५२ प्रतिशतले बढी हो । त्यस्तै बैंकले ७६ अर्ब ७२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरि ७२ अर्ब ६० करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *