Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्र बैंकले साढे २ अर्व मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले साढे २ अर्व मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको करिब साढे २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएकोे छ । राष्ट्र बैंकले अन्य बैंक तथा वित्तिय संस्थाहरुमा २ अर्ब ४६ कराड ८७ लाख रुपैयाँ रकम लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले सुचना जारी गदै १ बर्षे मुद्दती निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरि उक्त रकम लगानी गर्न लागेको जनाएको छ । सो मुद्दती निक्षेप बैंकले २०७५ फागुन १ गते देखि २०७६ माघ २९ गते राख्न लागेको हो । यसका लागि राष्ट्र बैंकले मुद्दती निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संसथाहरुसँग प्रस्ताव माग गरेको छ ।

राष्ट्र बैंकले क वर्गका बाणिज्य बैंकहरुमा दुई अर्ब ६ करोड ८७ लाख रुपैयाँ, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३० करोड रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १० करोड रुपैयाँ निक्षेप लगानी गर्ने हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x