डडेलधुराको नवदुर्गा गाउँपालिकामा प्रभु बैंकको शाखा

काठमाडौं, २७ माघ । प्रभु बैंकले डडेलधुराको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उद्घाटन गरेका थिए ।

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याउने क्रममा बैंकले सो स्थानमा शाखा विस्तार गरेको जनाएको छ । उक्त कार्यालयबाट सो क्षेत्रका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *